सुचना र प्रविधिको विकाससंगै सामुदायिक विद्यालयमा स्थापना भएका विद्युतीय पुस्तकालको प्रयोगमा जोड दिइएको छ । पुस्तकालयले पठन संस्कृतिको विकास हुने भएकाले नियमित प्रयोग आवश्यक रहेको बताइएको थियो ।  शनिबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरू भएको ई–पुस्तकालय पुर्नताजकी तालिमको उद्घाटन गदैं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसीले जडान गरिएका विद्युतीय पुस्तकालयको प्रभावकारी प्रयोगमा जोड दिए ।

त्यस्तै नेकपाका जिल्ला संयोजक गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, मोनाका संरक्षक सुवासकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतले जडानमात्रै गरेर पुस्तकालयको प्रयोग नहुने भन्दै आवश्यकता अनुसार पुस्तकालय सम्बन्धि तालिम सहितका गतिविधि समेत सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) र नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोगमा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा स्थापन भएका विद्युतीय पुस्तकालयलाई ब्यवस्थित र समस्या समाधान सहित नयाँ विषयबस्तुसँग सम्बन्धित भएर आयोजित तालिमको स्वागत नेपाल लाइब्रेरी फाउण्डेशनका धनकुमार श्रेष्ठ,सञ्चालन मोती पुस्तकालयका इन्द्रप्रसाद सापकोटा र अध्यक्षता मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाले गरेका थिए ।

तालिममा ७० विद्यालयका पुस्तकालय शिक्षकको उपस्थिती रहेको छ। बिना इन्टरनेट पनि पढ्न सकिने सफ्वेयरको प्रयोगबाट पुस्तकालयमा ‐कम्प्यूटर,ल्यापटप,मोवाईल)को प्रयोगबाट पुस्तकलाई पढ्न सकिन्छ । मोनाको प्रयासमा म्याग्दीमा २८ वटा, पर्वत २४ र बागलुङमा १८ विद्यालयमा विद्युतीय पुस्तकालय जडान गरिएको छ । प्रयाप्त सीप र उपकरणको अभावका कारण केही विद्यालयको पुस्तकालय प्रयोगबिहिन छन् ।

Leave a Reply