कतिपय मानिसहरु मर्निङ वाक गरेर घर फर्किसकेका थिए । कतिपय बाटोमै थिए । तर, घाम उदाएर उज्यालो भइसकेको अवस्थामा फेरि एक्कासि अँध्यारो छायो । विराटनगरमा आइतबार बिहान मौसमको फेरबदलले मानिसहरु छक्क परे । घामको प्रकाश परेर निभेका सौर्यबत्ती (सोलार लाइट) फेरि झलमल बले ।

बाक्लो कालो बादल मडारिँदै आएर विराटगरको आकास नै ढाक्दा बिहान ७ बजे विराटनगरमा फेरि अँध्यारो भएको थियो ।  विराटनगर ७ का शिवराज बस्नेतले भने,‘‘उज्यालो भइवरी फेरि साँझ परेको जस्तो मौसम त कहिले पनि देखेको थिइनँ।’’ एक्कासि अध्यारो भएपछि मानिसहरु कौतहलपूर्वक सडक बाहिर निस्किएका थिए । 12khari.com

Leave a Reply