विद्युत प्राधिकरण बेनी वितरण केन्द्रको विरेन्द्रचोकमा रहेको विद्युतको ट्रान्सफर्मरबाट आसपासमा करेन्ट प्रवाह हुदाँ जोखिम बढेको छ । बेनी नगरपालिका वडा नं ७ बेनी–अर्थुङे जोड्ने सडकखण्ड नजिक रहेको ट्रान्सफर्मरबाट आसपासका क्षेत्रमा समेत करेन्ट प्रवाह हुने गरेको सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव लक्ष्मण केसीले बताए ।‘जोखिम बढेको छ,‘तत्काल मर्मत गर्नुपर्छ’ उनले भने ।

आइतबार विहान ट्रान्सफर्मर नजिक दुईवटा स्तनधारी निर बिरालो भनेर चिनिने बन विरालो समेत करेन्ट लागेर मरेपछि ट्रान्सफर्मर नजिक रहेको सामुदायिक प्रहरी सेवा केन्द्रले सम्बन्धित निकायलाई अनुरोध गरेको उनले बताए। ट्रान्सफर्मर आसपासका क्षेत्रमा बराखपाखो सामुदायिक बनबाट पानी ल्याउने स्थानीयहरु समेत जाने गर्दछन् ।

उक्त स्थानमा दैनिकजसो बस तथा सवारीसाधन समेत रोक्ने गरिएको छ । विगतमा समेत ट्रान्सफर्मरमा क्षती पुग्दा आसपासका क्षेत्रमा असर गरेकाले तत्काल मर्मत गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । यता विद्युत प्राधिकरणले शनिबार साँझ ट्रान्सफर्मर सर्ट भएको बेलामा जनावर मरेको जनाएको छ । ट्रान्सफर्मर आसपासका क्षेत्रमा आवतजावत जोखिमै हुने भएपनि केन्द्रबाट लापरवाही भएको बताउँदै समस्या आएमा तत्काल पुग्ने कर्मचारीको भनाई छ ।

Leave a Reply