मालिका गाउँपालिका–६ दरबाङस्थती जनप्रिय मावि जिल्लामै पहिलो भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गर्ने विद्यालय बनेको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम, नेपालले स्विजरल्यान्डको लुजान विश्वविद्यालयको सहयोगमा आइतबार विद्यालयमा यन्त्र जडानसँँगै भूकम्पको जोखिम, नियमित शिक्षा सहित आवश्यक सतर्कताका बारेमा सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । जिल्लामै धेरै भूकम्पको केन्द्रविन्दु पश्चिम म्याग्दीका विभिन्न बस्तीमा भूकम्पको पनि मापनका साथै इपिसेन्टर, दूरी, गहिराइ र दूरीको म्याग्नेच्युड पनि पत्ता लगाउन यन्त्रले सहज हुने विद्यालयका प्रधानध्यापक दिवाकर सुबेदीले बताए ।

‘यसक्षेत्रमा भूकम्पीय शिक्षाको आवश्यकता छ,‘भूकम्पको धक्का महसुस हुदाँ समेत धेरैपछि जानकारी पाउनुपर्ने अवस्थाको अन्त्य भएको छ’ सुबेदीले बेनीअनलाइनलाई भने । उनले भूकम्पको यन्त्रको प्रयोग तथा यसका बारेमा समयसमयमा अभिभावकलाई समेत शिक्षा दिने र गाउँपालिका भित्रका नीजी तथा सामुदायिक विद्यालयलाई समेत गाउँपालिकासँग समन्वय गरी शिक्षा दिन सकिने बताए ।

यन्त्रको प्रयोग गर्न विद्यालयका प्रधानध्यापक सहित तीनजनाले पोखरामा तालिम समेत लिएका थिए । यन्त्र जडान गदैं कार्यक्रमका संयोजक शिब सुबेदीले पश्चिम म्याग्दी भूकम्पको जोखिममा रहेको बताए ।उनले भूकम्पको पूर्वसंकेत नहुने भन्दै सम्भावित क्षती र भूकम्पछि हुने क्षतीको न्यूनिकरणमा बालबालिका देखि बृद्धबृद्धासम्मलाई सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए ।

उनले घरमै बसेर समेत मोवाइलको माध्यमबाट विश्वभरको भूकम्पको अवस्थालाई हेर्न सकिने बताए । यन्त्रको जडान भएपछि पश्चिम म्याग्दी सहित छिमेकी जिल्ला बागलुङ र रुकुममा भुकम्पको इपिसेन्टर, म्याग्नेच्युड लगाएतका बारेमा जानकारी हुने बताए । यन्त्र जडानका लागि एक लाख रुपैयाँ लाग्ने बताइएको छ ।

Leave a Reply