कुनैपनि औपचारिक कार्यक्रममा अतिथिहरूले मञ्च खचाखच भरिन्छ । मञ्चको कुर्चीको अभावमा दर्शकसँग बस्ने अतिथिले आफ्नो अपमान भएको भन्दै बहिस्कार गर्छन् । तर कतारमा उद्घाटन तथा आशनग्रहण सहितका औपचारिक अभ्यासलाई तोड्दै म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले १० लाखको बहुउदेश्यीय अक्षयकोष स्थापना गर्ने उद्देश्यले बृहत चौथो साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाले नेपाली संघसंस्थामा प्रयोग हुने औपचारिक अभ्यासलाई तोड्दै छोटो र सन्देशमुलक कार्यक्रम सहित भब्य समारोहका बीच सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । कतारमा रहेका नेपाली संघसंस्थामा सक्रिय मोनाले अतिथिको पूर्व अनुमानलाई समेत चक्मा दिएको छ ।

संस्थाकाम महासचिव थम गिरीले अतिथिको स्वागतसँगै प्रमुख अतिथि नेपाली दुताबास दोहा कतारका द्धितिय सचिब प्रविण भट्टराई, बिशिष्ट अतिथि मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईलीसँगै अध्यक्ष तिलु शर्मा पौडेललाई मात्रै मञ्चमा आसनग्रहण गराए ।संस्थाका पूर्व, निर्वतमान सहित अन्य अतिथिलाई हलको अग्रभागमा आसन ग्रहण गराईयो ।

खचाखच उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथि भट्टराई सहित, मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईली, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, प्रबासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल,गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष नविन पोख्रेल, गण्डकी प्रदेश समन्वय परिषदका उपाध्यक्ष विकास भुजेलले मन्तब्य राखेका थिए। सांगितिक माहोलमा रमाउन आएका सहभागीलाई लक्षित गरी कार्यक्रममा नयाँ अभ्यास गरिएको अध्यक्ष तिलु शर्माले बताए। ‘औपचारिक कार्यक्रमलाई लामो बनाउने परम्परालाई तोड्नुपर्छ,‘छोटो र मिठो कार्यक्रममा दर्शकको घुईचो लाग्छ’ पौडेलले भने ।

उनका अनुसार करिव ५ सयको हाराहारीमा उपस्थिती दर्शकले समेत कार्यक्रमको रुपरेखालाई रुचाएको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए ।नेपालीको नयाँ बर्ष २०७६ को स्वागत सहित शुभकामना आदानप्रदान कार्यक्रममा कतारमा पुगेका म्याग्देली कलाकारहरु अमृता श्रीपाल र कुमार पुनको मिठो स्वरमा सजिएका गीतले समेत म्याग्देलीको मन जित्न सफल भएको थियो । आफ्नै जन्मभुमिबाट कतारमा आएका कलाकारसँगै झुमेका थिए ।

सांगितिक महोलमा लोपउन्मुख मौलिक पन्चेबाजा लाइभ दोहोरीले समेत थप आर्कषित गरेको थियो । विदेशी भूभी, भाषा र चाडपर्वमा गुञ्जिने फरक धुनका बीचमा पञ्चेबाजा घन्किएपछि कार्यक्रममा स्टेज देखि दर्शक उपस्थित भएका ठाउँसम्म फरक माहोल थियो । मोना कतारका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यष मिन बहादुर कार्कीले स्वागतमा सम्पन्न भएको कार्यक्रममा साँस्कृतिक कार्यक्रमको संयोजक महेन्द्र बोहोराले बताए । कार्यक्रम संयोजक नरेन्द्र फगामीले गरेका थिए । आगामी शुक्रबार संस्थाको नियमित बैठकमा आयव्यय विवरण सार्वजनिक गरिने छ ।

Leave a Reply