प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलले तिनुपर्ने राजश्व तत्काल असुलउपर गर्न माग गरेको छ।

भ्रष्टाचारविरूद्ध खबरदारी सहित एकदर्जन माग राख्दै आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर तरुण दलले वाइड बडी, बूढीगण्डकीलगायतमा भ्रष्टाचार भएको भन्दै ध्यानाकर्षण गराएको तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्यालले बताए ।

उनले सरकारको गलत गतिविधिको खवरदारी गर्ने गरी तरुण दलले आन्दोलनलाई शसक्त बनाउने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा तरुण दलका सचिव सुमन बानियाँ लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply