जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ। साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम बढ्दै गैरहेको छ । तर, यूकेमा रहेका एक म्याग्देलीले दृष्टिविहिन र विपन्नको उपचारमा आर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् ।

बेनी नगरपालिका–६ छापा, घर भई यूकेमा ब्यवसाय गदैं आइरहेका यूवा ब्यवसायी किसान जिसीले जन्मदिनको अवसरमा बेनपा २ ज्यामरुककोट फाँपरखेतका दृष्टिविहिन आइतबहादुर दर्जीलाई १५ हजार र परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ५ हजार ५५५ सहयोग गरेका छन् । दैनिकजसो गिटी कुटेर परिवारको जीवन निर्वाह गर्ने गरेका कान्छा छोराको समेत आँखामा समस्या छ । गाउँमा सार्वजनिक जग्गामा सानो छाप्रो हालेर बसेका दर्जीको एक श्रीमति, दुई छोरा छन् ।

जेठो छोरालाई आर्थिक समस्याकै कारण उच्च शिक्षा अगाडी बढाउन समस्या भइरहेको छ । सहयोगदाता जिसीले मोना यूके निर्वतमान कोषाध्यक्ष एवम् बेनी नगरपालिका संयोजक,मोना आइसीको महिला तथा बालबालिका अक्षय कोषको कोषाध्यक्ष, सयपत्र कल्चर समुहको संरक्षक, साउथ वेष्ट समाज यूकेको उपाध्यक्ष लगाएत यूकेमा रहेका विभिन्न नेपाली संघसंस्थामा कार्यरत जिसीले कलेजो रोगी सियाना रन्तिजा, इन्द्र खत्री, चित्र बहादुर बानियाँको उपचारमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

स्वर्गीय दिदी गंगा जिसीको सम्झनामा बेनी अस्पताल, जामुनाखर्क मावि सहित विभिन्न स्थानमा सहयोग समेत गरेका जिसीले भविस्यमा गंगा जिसी फाउण्डेशनमार्फत सहयोग गर्ने बताएका छन् । ‘जनमदिनलाई मानवीय सेवासँग जोड्ने प्रयास गरेको छु,‘सधै पीडितलाई सहयोगमा सर्मपित छु’ जिसीले भने । उनले म्याग्दी जिल्लामा उपचारको अभावमा परेकालाई आर्थिक सहयोग जुटाउने, विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेको बताउँदै भविस्यमा पनि मानवीय सेवामा सहयोग गर्ने बताए । फजुल खर्च गरेर जन्मदिन मनाउने परम्परालाई निरुत्साहित गर्दै विगतमा समेत जिसीले सहयोग गदैं आएका थिए ।

Leave a Reply