जिल्लाको अति विकट गूर्जामा स्थानीयले हेलिप्याड निर्माण गरेका छन् । सडक सञ्जालको पहुँचभन्दा टाढा रहेको गूर्जामा स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी दिपप्रसाद छन्त्यालले उपलब्ध गराएको जग्गामा हेलिप्याड निर्माण गरिएको वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बताए । उनका अनुसार आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्धका साथै सिजनमा गुर्जा, चुरेन सहितका हिमश्रंखला आरोहणका लागि आउने पर्यटकलाई अवतरणमा सहज हुने बताए ।

गूर्जाबाट सिकिस्त विरामीलाई पैदलयात्राबाट मुना हुदै बेनी ल्याउँदा समस्या हुने भएकाले स्थानीयले महंगो खर्चिएर हेलिकप्टरबाटै पोखरा लैजाने गरेका छन् । गूर्जामा गत असोज र कात्तिम महिनामा मात्रै २५ उडान भएको थियो । गूर्जा हिमाल आरोही दुर्घटनामा परेर ज्यान गएपछि हेलिकप्टर अवतरणमा समस्या भएपछि वडास्तरबाटै पहल भएपछि स्थानीयको जग्गामा हेलिप्याड बनाइएको हो । गुर्जामा बर्षभरी करिव ४५ उडान हुने अनुमान गरिएको छ ।

जग्गादाता स्थानीय हाल काठमाण्डौमा रहेका छन्त्यालले गूर्जाको पर्यटन विकास सहित घुम्न जाने विदेशीलाई हेलिकप्टरमा सहजै अवतरण गर्ने गरी हेलिप्याडका लागि आवश्यक पर्ने जग्गा दिएको बताए । नेपाल सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सेवाका लागि जिल्लाभर हेलिप्याड निर्माणको कार्यले तिब्रता पाएको छ ।

वडास्तरमै नेपाली सेनाको एआई १७ हेलिकप्टरलाई समेत सहज हुने गरी हेलिप्याड सुरू गरिएको छ । धवलागिरीमा लुलाङ, मुना, मुदी, मराङ र ताकममा हेलिप्याड भएको गाउँपालिकाले जनाएको छ । पर्यटकीयस्थलमा घाईते भएका पर्यटक तथ हलिकप्टरबाट घुम्न आउनेलाई समेत सहज हुने भएकाले पनि स्थानीय तहले समेत प्राथमिकता दिएको छ ।

Leave a Reply