नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा बंगुर तथा कुखुरापालन तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो ।

तालिमको बेनी नगरपालिका–८, का वडा अध्यक्ष एवं बेनपाका प्रवक्ता रामकृष्ण बराईली र बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै प्रवक्ता बराईलीले तालिम लिएर महिलाहरु आयआर्जन हुने र व्यावसायिकमूलक क्षेत्रमा लाग्नुपर्ने बताएका छन् । वडाध्यक्ष श्रेष्ठले महिलाहरुका लागि तालिम आयआर्जन गर्ने र आत्मनिर्भर बन्नका लागि सहयोगी हुने बताए ।

५ दिनसम्म चल्ने तालिममा नारी जागृति महिला सहकारीमा आबद्ध दलित तथा विपन्न वर्गका ३० जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनसत्र सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता, सचिव दिलमाया बिटालुको सञ्चालन र लेखा संयोजक पशुपति शाहीको स्वागतमा सम्पन्न भएको थियो । तालिमको पशु सेवा शाखा बेनपाका प्रशिक्षकद्वय लक्ष्मीप्रसाद पौडेल र प्रदीप गौतमले सहजीकरण गरिरहेका छन् ।

Leave a Reply