सोमबार दिउँसो परेको अविरल बर्षाका कारण बेनीको अस्पतालचोकमा केहीबेर आवतजावत रोकियो । अस्पतालको प्रवेशद्धारमै अस्पतालचोकको शीरबाट वडा नं ६ जामुनाखर्क लगाएत आसपासका बस्ती जोड्न विस्तार गरिएको ग्रामिण सडकका कारण अस्पताल चोकमा भल मिसिएर बाढी आएपछि कालिपुल बसपार्कबाट बेनीबजारमा प्रवेश गर्न खोज्ने सवारीसाधन, पैदलयात्री समेत रोकिएका थिए ।

बेनी–पाखापानी सडकखण्डमा भल मिसिएर बर्षेनी आउने बाढीले क्याम्पसचोकमा क्षती पुग्ने गरेपनि जनप्रतिनिधिले अल्पकालिन फाईदा हेदैं बेनीबजार माथिका क्षेत्रमा धमाधम डोजर लगाएर सडक विस्तारलाई तिब्रता दिएपछि अस्पतालचोक समेत बाढीको जोखिममा परेको छ । दुई दशक अगाडी खोलै बग्ने गरेको अवस्थामा खोल आसपासका क्षेत्रमा अतिक्रमण तथा माथिल्लो क्षेत्रमा पानीको मुहान सुक्दै गएपछि अस्पतालचोकबासीले राहतको महसुस गरेका थिए ।

बेनी नगरपालिका वडा नं ६ को जामुनाखर्कका वासिन्दाको सुविधा तथा सदरमुकाम बेनीनजिक रहेर पनि सडक सञ्जालले नजोडिएको बेनपा ८ र बेनपा ६ मा पर्ने खरेनीपाखोमा रहेका दलित तथा विपन्न वर्गहरुलाइ लक्षित गरी गतबर्ष बेनपा ८ ले २ लाख वजेट विनियोजन आफ्नो सिमासम्म ट्याक खोलेका थियो । बेनपा ८ सँगै वडा नं ६ ले उक्त वाटोलाई निरन्तरता दिदैं जामुनाखर्क सम्म ट्रयाक खोलेपछि अस्पताल तथा वसपार्क क्षेत्र बाढीको जोखिममा परेको अस्पतालचोकका स्थानीयको आरोप छ ।

अस्पतालचोकको बाढीले कलिपुल बसपार्क सहित ट्राफिक, सुचना केन्द्र सहितको क्षेत्रमा असर गर्ने स्थानीयको भनाई छ । जनप्रतिनिधिको डोजरमोहले पुरााने समस्या फेरी दोहोरिने भएको छ,‘समान्य बर्षामा पनि बाढी आउन थालेको छ’ एक स्थानीयले भने । बाढी आउनुको प्रमुख कारण जनप्रतिनिधिको अपरिपक्का निर्णय भएको बताउँदै तत्काल बाढीको सम्भावब्यता अध्ययान गरी रोकथाम गर्नुपर्ने स्थानीयको भनाई छ ।

यता बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष एवम् प्रबक्ता रामकृष्ण बराईलीले बस्तीका जनताको आवश्यकता अनुसार नै सडक विस्तार गरिएको बताउँदै जोखिम न्यूनिकरणका लागि चेक डा्य तथा ग्याविन जाली निर्माणका लागि इष्टमेट तयार भई कार्यान्वयनको चरणमा रहेको बताए । उनले अस्पतालचोक माथिको पाखोमा रहेका खोल्स तथा आसपासका क्षेत्रमा स्थलगत अनुगमन गरी थप योजना बनाउन सकिने बताए । क्या्म्पसचोक, मंगलाघाट र अस्पतालचोकमा सडक विस्तारै कारण बाढीको जोखिम बढेको छ । तस्वीर र भिडियो बेनी अस्पतालका डा. विबेक सुनार 

Leave a Reply