नेपाल रेडक्रस सोसाइटी अर्थुङे छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङेका धु्रबलाल शर्माले जग्गादान गरेका छन् । साहित्यकार एवम् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहेका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस्टे«शन पास गरिदिएको उपशाखाका सभापति कृष्णप्रसाद सुवेदीले बताए ।

उनका अनुसार जग्गाको बजार मूल्य करिब पाँच लाख रुपैयाँ भएको अनुमान गरिएको छ । शर्माले उपलब्ध गराउनुभएको जग्गाको छेउमा रहेको करिब साढे दुई आना जग्गा पनि स्थानीय मित्रकुमारी खड्काले दान गर्ने घोषणा गरेकी छन् । उपशाखालाई प्राप्त भएको जग्गामा बहुउद्देश्यिय सामुदायिक भवन निर्माण गर्ने योजना रहेको छ । जग्गादानसँगै थप सहयोग संकलन गरी उपशाखाका गतिविधिलाई तिब्रता दिने सभापति सुबेदीले बताए

Leave a Reply