आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक जनप्रतिनिधिले जन्मदिनको अवसरमा आफ्नै वडाभित्रको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका शैक्षिक साम्रागी वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

मंगला गाउँपालिका–२ का वडा सदस्य चक्रलाल पाण्डे (राजु)ले आफ्नै वडाभित्रको विकटमा अवस्थित खात्रुङखोलाको प्रगती आधारभुत विद्यालयका ३३ जना विद्यार्थीहरुलाई एक÷एक दर्जनका दरले कापी र कलम वितरण गरेका हुन् । बुधबार अर्थात मे १ मा परेको जन्मदिनलाई बालबालिकासँग मनाएको पाण्डेले बेनीअनलाइनलाई बताए । विद्यार्थीसँगै शिक्षकलाई समेत सहयोग गरेका थिए । ‘यहाँका बालबालिका धेरै समस्यामा छन्,‘जन्मदिनको अवसरमा अव सधै शैक्षिक क्षेत्रमा सहयोग गर्नेछु’ पाण्डेले भने ।

सोही अवसरमा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, मंगला माविका शिक्षक रामचन्द्र पौडेल, सिद्ध मालिका युवा कल्वका अध्यक्ष बालकृष्ण पुर्जाले समेत रचनात्मक कार्यका लागि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा गाँउपालिका अध्यक्ष रोकाले सामुदायिक विद्यालयलाई राज्यबाट निकै न्यून सहयोगले शैक्षिक गतिविधिमा समस्या भइरहेको अवस्थामा ब्यक्तिगत र संघसंस्थाबाट प्राप्त सहयोगले राहत मिलेको बताए ।

Leave a Reply