सिटिजन्स् बैंक इन्टरनेसनल लि.बेनी शाखाले बेनी नगरपालिका–४ तातोपानीको एक होटलमा प्वाइन्ट अफ सेल (पीओएस) सेवा सञ्चालनमा ल्याएको छ । प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्डमा उपचार गर्न आउने विरामी र स्थानीय ग्राहकलाई लक्षित गरी हिमालयन गेष्ट हाउसमा जडान गरिएको बैंकका बेनी शाखा प्रबन्धक अनुप अधिकारीले बेनीअनलाइनलाई बताए।

‘ग्राहकलाई सहज हुने गरी होटलसँग सम्झौतामा सञ्चालन गरिएको छ,‘आवश्यकता अनुसार जिल्लामा थप मेसिनमार्फत ग्रामिण क्षेत्रमा सेवा दिन सक्छौ’अधिकारीले भने । उनका अनुसार होटल तथा चहलपहल हुने पसलहरूमा राखिने पीओएस मेसिनबाट सेवाग्राहीले सहजै सेवा लिन सक्ने बताए । यसअगाडी बैंकले बेनीबजारस्थित सृजना मम एण्ड रेष्टुरेन्टमा समेत जडान गरेको छ ।

डेविट तथा क्रेडिट कार्ड भएका ग्राहकले पीओएस मेसिन मार्फत आफ्नो बिल तिर्न सक्नेछन् ।पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले नगद सहित कारोबार अवधारणालाई प्राथमिकता दिने गरेको अवस्थामा होटलमा आउने सेवाग्राही तथा बैंकका तातोपानीमा रहेका ग्राहकलाई समेत सेवामा जोड्ने होटलका सञ्चालक कुमार केसीले बताए ।

तातोपानीमा नेपालका साथै विभिन्न देशबाट आउने विदेशी पर्यटकले कार्डको प्रयोग गर्ने गरेको अवस्थामा पैसा झिक्न बेनीमै जाने गरेका थिए । तातोपानीमै पीओएस मेसिन उपलब्ध भएपछि कार्डबाट भुक्तानी सरल र सहज रुपमा थप शुल्कको झन्झट र नगद बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको बताए । तातोपानीमा बर्षनी करिव ३० हजारको हाारहारीमा जिल्लाबाहिरबाट स्नान तथा अवलोकन गर्न आउने गरेका छन् । होटल हिमालय तातोपानीकै चर्चित होटल हो ।

Leave a Reply