आज मे १ अर्थात् अन्तराष्ट्रिय मजदुर दिवस । देशैभरी मजदुरीहरुले आफ्नो हक र अधिकारका लागि र्याली सहित विभिन्न कार्यक्रम गरिरहदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदुरको मृत्यु भएको छ ।

बेनी–दरबाङ्ग सडक खण्ड अन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा निर्माणाधिन सडक देखि अन्दाजी १०÷१२ मिटर माथिबाट ढुङ्गा माटोको ढिस्को खसेर पुरिदा वर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं २ ठाकुरद्धारका  ३५ वर्षिय कालुराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी जवान केशव पौडेलले दिएको जानकारी अनुसार माटो ढुङ्ले पुरिएका मृतक थारुको शवलाई जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट खटिइ गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाई मृत अवस्थामा बाहिर निकालेका छन् । बेनी दरबाङ सडकखण्डमा निर्माणधिन अवस्थामा मजदुरको कमजोर सुरक्षाका कारण विगतमा समेत सामान्य दुर्घटनाबाट समेत घाईते हुने गरेका थिए ।

Leave a Reply