जिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङका प्रधानध्यापकलाई कुटपिट गरेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गरी गम्भीर आपत्ती जनाएको छ । मल्कवाङस्थती जनज्योती आधारभुत विद्यालयका प्रधानध्यापक रेशबहादुर विकलाई भेडिखाल्टाका ३५ बर्षिय बलबहादुर रोका, ३० बर्षका जितेन्द्र जुग्जालीले जातिय विभेद गदैं बायाँ खुट्टाको दुईवटा हड्डी भाँचिदिएको भन्दै कारवाहीको माग गरेका छन् ।

रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका बिकलाई गत बैशाख ५ गते विद्यालयमा पूर्व प्रधानध्यापक यू कुमारी गिरी रोकाको विदाई कार्यक्रमपछि ब्यवस्थापन समितिकी अध्यक्ष पार्वती पूर्जाको घरमा आयोजित कार्यक्रममा घरभित्र प्रवेश गरेको भन्दै तल्लोस्तरको गाली गदैं कुटपिट गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा करिव ५ मिनेट अग्लो डिलबाट खसाली अमानवीय र घृषित कार्य गरेको भन्दै समितिका अध्यक्ष बलबहादुर विश्वकर्माले दोषीलाई पक्राउ गरी जातिय भेदभाव तथा छुवाछुत ऐन अन्तरगत कारवाहीको माग गरेका छन् । घटना घटेको लामो समयपछि सार्वजनिक भएको दुईसातापछि सार्वजनिक भएको हो । म्याग्दीमा अझैपनि जातिय भेदभावका घटना सार्वजनिक हुने गरेका छन् ।

Leave a Reply