श्रमिकले न्यूनतम पारिश्रमिक पाउन मुस्किल हुने गरेको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । विकास निर्माण सहित विभिन्न क्षेत्रमा कार्यरत श्रमिकलाई काममा प्रवेश गर्ने बेलामा तोकिएको पारिश्रमिक विभिन्न बाहनामा सुविधा रोक्ने गरेकाले मजदुर एक हुनुपर्ने बताएका थिए।

मे १ अर्थात् १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा दिवसको अवसरमा नेपाल टे«ड यूनियन काँग्रेसले बेनी नगरपालिका वडा नं ६ जामुनाखर्क माविमा शैक्षिक साम्रागी वितरणको अवसरमा बोल्दै पूर्व सांसद रेशम बहादुर बानियाँले  सरकारले रोजगारदाता, श्रमिक र सरकारी निकाय बीच गरेको त्रिपक्षीय सहमति कार्यान्वयनमै चुनौती रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, पूर्व सहसभापति नेत्र बहादुर महत लगाएत पार्टीका विभिन्न भात्रृसंगठनका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । सोही अवसरमा विद्यालयमा ४५ जना विद्यार्थीलाई शैक्षिक साम्रागी तथा ६ जना जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता टे«ड यूनियन काँग्रेसका सभापति कोमलप्रसाद ढुगाना, स्वागत नवराज पौडेल, कार्यक्रमका बारेमा पूर्व अध्यक्ष दुर्गाराम सुबेदी र सञ्चालन भिमकुमारी सुबेदीले गरेकी थिईन् ।

Leave a Reply