म्याग्दीको सदरमुकाम बेनीस्थित एक सयबर्ष पुरानो पिपलको रूख कटान गरिएको छ । बेनी नगरपालिका– ७ बेनी सामुदायिक मावि नजिक रहेको पिपलको पुरानो रूख जरैबाट कटान गरी ब्यवसायीक प्रयोजनका लागि सटर हाल्न नगरपालिकाले रातारात रूख कटान गरेको हो ।

बेनीबजारमा मानवबस्तीको विस्तारसँगै तत्कालिन समयमा भट्टचन थर गरेका एकजनाले सदरमुकाम बेनी हुदैं पश्चिम म्याग्दी लगाएतका क्षेत्रमा आवतजावत गर्ने बटुवालाई लक्षित गरी रोपेको पिपलको रूखलाई ब्यवसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरी कटान गरिएको बेनी नगरपालिकाले जनाएको छ । पिपलको रूखका कारण बेनी दरबाङ, बेनी–बागलुङ तथा बेनी हुदै अर्थुङे क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनलाई समेत असहज भएका कारण ब्यवसायीक हितका लागि नगरपालिकाले रूख कटान गरेको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए।

‘पिपलको रुखले विद्यालयलाई पनि असर गरेको थियो,‘आसपासमा चौतारीहरू भएकाले पनि त्यसलाई सडक फराकिलो गर्न कटान गरिएको हो’ श्रेष्ठले भने । उनले वडाभित्र रहेका पुराना रूखको संरक्षणमा आवश्यकता अनुसार मर्मतको कार्य भइरहेकाले नगरपालिकाबाटै ब्यवसयाीक प्रयोजनका लागि खाली गर्न सकिने ठाउँहरूको खोजी गर्ने क्रममा रूख कटान गसिरएको बताए ।

सडक आसपासका कारण रूखमा चौतरी समेत भएकाले पनि बेनी सामुदायिक आसपासमै रहेका पिपल र बरको संरक्षणमा कुनै कमी नहुने नगरपालिकाले जनाएको छ ।हिन्दु धर्मालम्बीले पीपललाई विषेश रुपले पूजाआजा समेत गर्ने तथा वातावरण संरक्षण, हुने भएपनि संरक्षण गर्नुभन्दा पनि ब्यवसायीक प्रयोजनका लागि नष्ट गर्नु गलत भएको मुस्लिम अगुवा रहमत खानले बताए ।

‘एक्कासी काट्न थालेपछि मात्रै देखियो,‘यसको हाँगा मात्रै काटेर संरक्षण गर्नुपर्ने थियो’ उनले भने। पिपलले २४ घण्टा अक्सिजन दिन्छ । त्यस्तै पिपलका पातलाई धेरै प्रकारका औषधी बनाउन समेत प्रयोग गरिन्छ । स्थानीय तहको निर्वाचनपछि बेनीबजारमा विस्तारै चहलपहल घट्दै गएको अवस्थामा सार्वजनिक स्थानमा पिपलको रूख मासेर ब्यवसायीक प्रयोजनका लागि प्रयोग गर्ने निर्णयको विरोध हुन थालेको छ ।

Leave a Reply