पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युतले गति लिने भएको छ । आयोजनाको निर्माणकार्यको शिलन्यास भएपनि बन क्षेत्रको अनुमतिका कारण गति लिन नसकेको अवस्थामा गत मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय बिहिबार सार्वजनिक गदैं जलविद्युत आयोजनाको निर्माणकार्यलाई सहज हुने गरी बन क्षेत्र प्रयोग गर्न दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।

आयोजना क्षेत्रमा बन क्षेत्रमा आवश्यक निर्माणकार्यलाई तिब्रता दिन शिलन्यसा भएलगत्तै प्रस्ताव गरिएको अवस्थामा स्वीकृत भएपछि आयोजनाको निर्माणकार्यलाई अगाडी बढाउन सहज भएको धौलागिरी कालिका हाईड्रो लि.का प्रबन्धक हर्कमान घर्तीमगरले बताए । ‘सञ्चारमाध्यमबाटै जानकारी पाएका छौ,‘निर्धारित समयमै आयोजना सम्पन्न गर्ने गरी काम अगाडी बढेको छ’ उनले भने । आयोजनाको सिलन्यासलगत्तै जग्गा अधिग्रहण, नियमित चेकजाँच तथा टेनल सहित निर्माणकार्यलाई अगाडी बढाउने गरी आयोजनाले तयारी गरिरहेको बताए । बन क्षेत्रको अनुमति निकै झन्झटीलो मानिन्छ ।

आयोजना क्षेत्रमा रुख कटानी तथा वातावरणीय क्षेत्रमा असर नगर्ने गरी बन क्षेत्रको प्रयोग गर्न मिल्ने भएपछि आयोजना पक्ष उत्साहित भएको छ । कुल पाँच अर्ब १४ करोड लागत रहेको आयोजनामा संस्थागत पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिनेछ । आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले तीन अर्ब ५० करोड ऋण लगानी गर्ने एकवर्ष अगाडि नै सम्झौता भएको थियो ।

आयोजामा दक्षिण कोरिया, हङकङ, युकेलगायत विश्वका विभिन्न देशका साथै काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीको म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहेका छन् । रन अफ दि रिभर आयोजना दरबाङदेखि दुई किलोमिटर माथि म्याग्दीखोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाइपबाट हुँदै मालिका र मंगला गाउँपालिकाको सिमानामा अवस्थित बलौटेमा रहने पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ ।

विद्युत खरिद सम्झौता (पिपिए)मा प्राधिकरणले प्रवद्र्धकसँग वर्षात्को ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति युनिट ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ । परियोजनाको उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के.भिए ट्रान्समिटर लाइन हुँदै डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

Leave a Reply