म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको सफल आरोहण पछि म्याग्दीका यूवा निर्मल पूर्जा विश्वकै सातौ अग्लो धौलागिरी हिमालको आरोहणमा निस्किएका छन् ।पाँचजनाको टोलीको नेतृत्व गरी धौलागिरी गाउँपालिका–४ मुदीबाट बेसक्याम्पतर्फ तर्फ प्रस्थान गरेका छन् ।

बिहिबार दानाबाट हेलिकप्टरमा बेसक्याम्पमा पुगेका पूर्जा बिहिबार नै क्याम्प २ मा पुगेका छन् । उनले आरोहणको क्रममा अतिरिक्त अक्सिन (supplemental oxygen)  को समेत प्रयोग नगर्ने बताएका छन् । अग्ला हिमालको आरोहीले पिठ्यूको झोलामा अक्सिन सिलिन्डर बोकेर जाने गरेको अवस्थामा पूर्जाले धौलागिरीमा प्रयोग नै नगरी सफल आरोहण गर्ने प्रयासबाट शेर्पा अर्थात आरोहण टोलीका सहयोगी समेत चकित परेका छन् । पूर्जाको धौलागिरी आरोहण अनुकुल मौसम भए २०–२५ दिनको हुने छ ।

बेलायती सेनामा हिम चितुवाको नामले चिनिने पूर्जाले ७ महिनाभित्र ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने योजना अनुसार मिसनको पहिलो आरोहणको रुपमा विश्वकै दशौं अग्लो ८ हजार ९१ मिटरको अन्नपूर्णको आरोहण गरेका थिए । पूर्जाको टोलीमा मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा र रमेश गुरूङ सहितको टोली रहेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थायी घर भएका पूर्जाले आफ्नो मिसनको सुरुवात म्याग्दीकै दुई ठूलो चुचुरोबाट सुरू गर्ने प्रतिबद्धता अनुसार आरोहण गरेका हुन् ।

Nirmal Purja and Mingma David at the Annapurna summit

सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् । २०१९ को मार्चदेखि बर्षको अन्तिमसम्म ३ चरणमा १४ वटा अग्ला हिमाल चढ्नेछन् ।

आरोही पुर्जाले ‘प्रोजेक्ट पोसिवल’ नाम दिइएको छ । पूर्जाले संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु,च्होयो, धवालगिरि, मनास्लु, नाङ्गगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापङ्गमा रहेका छन् । यी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए ।

कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए । क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए ।क्विन्स गोर्खा इन्जिनियर्समा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । यसअघि सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए ।

Leave a Reply