नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १/१ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

मूल्य वृद्धिसँगै पेट्रोलको १११ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पाेरेशनबाट पेट्रोलमा प्रतिलिटर ३.१० रुपैयाँ र डिजेलमा प्रतिलिटर २.५७ रुपैयाँ बढेर मूल्य सूची प्राप्त भएअनुसार नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

Leave a Reply