स्कुले बालबालिकासँग प्रहरीको सम्बन्ध बलियो बनाउन म्याग्दी प्रहरीले विद्यार्थीसँग ‘प्रहरीसँग एकदिन’ अभियान सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई बालबाकिलासँग जोड्ने अभियान अन्र्तरगत बालबालिकालाई प्रहरी कार्यालयको भ्रमण सहित विभिन्न विषयमा जानकारी गराइएको थियो ।

बिहिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीलाई प्रहरीका विभिन्न यूनिट मार्फत गरिने गतिविधि,सुरक्षित समुदाय, कानुनले बर्जित गरेका गतिविधिलाई न्यूनिकरणमा बालबालिकालकाको भूमिका लगाएतका विषयमा जानकारी गराइएको प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले बताए । ‘स्कुले विद्यार्थीसँग प्रहरीले राम्रो सम्बन्ध बनाउन सकेमा समाजमा अपराधिक क्रियाकलाप निरुत्साहित गर्न सघाउँछ,‘प्रहरीको बर्दीसँग त्रसित नभई सहकार्यको वातावरण बनाउँछ’ प्रनाउ मरासिनीले भने ।

उनले सदरमुकाम बेनीबजारदेखि ग्रामिण क्षेत्रसम्म रहेका विद्यालयमा पुगेर कार्यक्रम सञ्चालन गर्ने बताए । उनले विद्यालयको छनौटमा एक विद्यालयबाट ५ जनालाई शिक्षा दिएर विद्यार्थीसँगै थप अभियान सञ्चालन गरिने बताए । म्याग्दीमा कुनैपनि किसिमका अपराधिक घटनालाई निस्तेज पार्न प्रहरीले समुदायको सहयोग आवश्यक रहेको बताए । सोही अवसरमा विद्यार्थीले प्रहरीसँग सहकार्य गरी विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

विद्यार्थीमैत्री प्रहरीको अभियानलाई विद्यालयभित्रका सम्पूर्ण विद्यार्थीलाई समेत जानकारी गराउने विद्यालयका शिक्षकको भनाई थियो । हालसम्म प्रहरीले उक्त कार्यक्रमार्फत १३ विद्यालयका १ सय विद्यार्थीलाई अभियानमा जोडेको छ। प्रहरीले स्थानीय तहमा समुदायमा आवद्ध विभिन्न संघसंस्थालाई लक्षित गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाका सबै स्थानीय तहमा रहेका निजी तथा सामुदायिक विद्यालयमा समय अनुकुल मिलाएर कार्यक्रम गरिने जनाएको छ ।

Leave a Reply