यहाँका एक परिवारले सामाजिक संस्थालाई जग्गा दान गरेका छन् । जिल्लाको मंगला गाउँपालिका वडा नं २ तल्लो डडुवाका गणेश बहादुर उनका छोरा धनबहादुर पुनले गाउँमा रहेको यूवा क्लव,आमा समुहको भवन निर्माणका साथै खेलकुद मैदान निर्माणका लागि ४ लाख पर्ने १४ आना जग्गा सहयोग गरेको मंगला यूवा क्लवका सचिव नेत्रराज सुबेदीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार क्लवका सक्रिय सदस्य रमेत रहेका धनबहादुरले आगामी दिनमा समेत समुदायमा आधारित संघसंस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । क्लवले स्थानीय आमा समुहसँग सहकार्य गरी सामुदायिक विद्यालयमा समेत विभिन्न कार्यक्रम गर्ने गरेको अवस्थामा भौतिक संरचना निर्माणका लागि थप आर्थिक सहयोग जुटाइरहेको क्लवले जनाएको छ । जग्गादाताले शुक्रबार जग्गा रजिस्टे«शन पास गरिदिएका छन् । जग्गामा बहुउद्देश्यिय कार्यक्रम सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार बनाउन थप आर्थिक सहयोग जुटाउने क्लवले जनाएको छ । सहयोगदातालाई भब्य समारोहका बीच सम्मान समेत गरिने जनाइएको छ ।

Leave a Reply