सुरेन गुरुङ/अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले–औल जोड्ने सडक उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले सडक उद्घाटन गदैै गाउँपालिका भित्रका सबै ग्रामिण बस्तीमा सडक सञ्जालको विस्तारलाई प्राथमिकता दिएको बताए ।

‘सडकलाई दिगो बनाउने प्रयासमा लाग्नुहोस्,‘सडकमा स्थानीयले सहज आवतजावत गर्ने गरी आवश्यकता अनुसार मर्मत पनि गनुपर्छ’ पुनले भने । उनले सडक सञ्जालको विस्तारले स्थानीयको उत्पादनलाई समेत बजारसम्म लैजान सहज हुने बताएका थिए । गाउँपालिकाको कुल ३० लाख बजेट, स्थानीयको ४ लाखको श्रमदान रहेको सडक सञ्जालको प्रयोगले स्थानीयलाई राहत मिलेको वडा अध्यक्ष गम बहादुर फगामीले बताए ।

उनले सडक सञ्जालको कारण स्थानीयलाई परेको समस्या समाधानमा गाउँपालिकाले खेलेको भूमिका र स्थानीयको समेत सक्रियताले सहज भएको बताए ।दैनिक सदरमुकाम बेनी जाने स्थानीयलाई विगतमा झन्झट हुने गरेको अवस्थामा सडक सञ्जालले सहज भएको उनको भनाई थियो। सडक विस्तारसँगै राम्चे, नागी लगाएतका बस्तीमा जाने सर्वसाधारणलाई समेत राहत मिलेको छ ।

सडक उद्घाटन कार्यक्रमको अध्यक्षता आमा समुहकी अध्यक्ष गोविसा पुर्जाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा, टिकोट माविमा प्रधानध्यापक प्रदिप पुन,ले मन्तब्य राखेका थिए । दलित महिला प्रतिनिधि टिका घतानेको स्वागत, उपभोक्ता समितिका सचिव कुम बहादुर गर्बुजाको जानकारी तथा दिलप्रसाद फगामीले सञ्चालन गरेको कार्यक्रममा सडक सञ्चालन भएपछि स्थानीयले खुसी ब्यक्त गरेका थिए ।

Leave a Reply