बेनी नगरपालिका–६ जामुनाखर्कका बयोबृद्ध लाल बहादुर सार्कीले घरदैलोमै बैंक खाता खोले । प्यारालाइसेस रोगी सार्कीसँगै उनकी श्रीमतीले पनि आफ्नै बैंक खाता खोलिन् । उमेरले डाँडापारिको घाम बनेका गाउँका बृद्धबृद्धालाई म्याग्दीको सदरमुकाम बेनीमा शाखा रहेको गरिमा विकास बैंकले घरदैलोमै खाता खोल्ने अभियान अन्तरगत घरदैलोमै सेवा दिएपछि उत्साहित भएका छन् ।

‘आफ्नै नामको बैक खातामै पैसा जम्मा गर्छू,‘गरिबको पनि बैंक खाता हुनेरहेछ’ गोरी विश्वकर्माले भनिन् । उनले बैंकमार्फत प्राप्त सेवासुविधाका बारेमा समेत जिज्ञासा राख्दै पैसा जम्मा पनि घरदैलोमै गर्ने ब्यवस्था मिलाइदिन अनुरोध गरिन् ।

सदरमुकाम बेनीमा भत्ता लिन गएर फर्किने बेलामा यातायात खर्च, खाना लगाएत अन्य खर्च गर्दा भत्ता नै सकिने गरेकोमा अब घरदैलोमै भत्ता पाउने जानकारीले समेत उनीहरु उत्साहित भएका छन् । घरदैलोमै पुगेर सेवा दिने कार्यमा स्थानीय जनप्रतिनिधिले समेत सघाएपछि सहज भएको गरिमा बैंकका बेनी शाखा प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए ।

‘बृद्धबृद्धाको सेवामा समयसमयमा घरदैलोमै आउँछौ,‘सामाजिक सुरक्षा भत्ता उहाँहरुकै घरआगनमा दिन्छौ’ उनले भने । बेनी शाखामार्फत पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेनपा–६ र ९ वडामा घरदैलो कार्यक्रम सञ्चालन गरिने बताउँदै आवश्यकता अनुसार अन्य वडा सहिज जिल्लाभर रहेका शाखामार्फत खाता खोल्ने कार्यलाई प्राथमिकता दिने बताए ।

छोराछोरी बैदेशिक रोजगारको सिलसिलामा विदेशीयपछि बृद्धबृद्धालाई सदरमुकाम बेनी आउन समेत छिमेकी र आफन्तको सहयोग माग्नुपर्ने अवस्थामा घरदैलोमै वित्तिय संघसंस्था पुगेपछि घरमै राखेको पैसा जम्मा गर्न सहज भएको बृद्धबृद्धाका भनाई छ ।गरिमाले जिल्लाको मंगला, मालिका, अन्नपूर्ण गाउँपालिकामा रहेको शाखा रहेको छ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले गाउँमै पुगेर भत्ता वितरणलाई प्राथमिकता दिएका छन् ।

Leave a Reply