वेष्ट पोइन्ट इन्फ्ल्युन्सियल ब्याचलर क्लबको आयोजनामा २ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । म्याग्दीको धौलागिरी मावि सिंगामा कक्षा ९ र १० का ५५ जना विद्यार्थीहरुलाई दुई दिने तालिम दिएको हो । वेष्ट पोइन्ट क्लाजमा गठित क्लबले आयोजना गरेको कार्यक्रममा कृष्ण जिसीले सहजीकरण गरेका थिए ।

विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रमलाई प्रभाबकारी तरिकाले संचालन उद्घोषन कला बिकास गर्ने र आफ्ना कुराहरु प्रभाबकारी तरिकाले अरुसामु ब्यक्त गर्न भाषण कला तालिम प्रदान गरिएको क्लबका अध्यक्ष दिनेश कुमार विश्वकर्माले बताएका छन् ।

बैसाख १९ शुरु भई २० गते सम्पन्न भएको कार्यक्रमा उद्घोषण तथा भाषणकला का अतिरिक्त परीक्षामा उत्तर लेख्ने, सजिलो गरी पढ्नेलगायत खुशी कसरी हुने भन्ने विषयमा समेत जिसीले सहजीकरण गरेका थिए समापान समापान कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक दण्डपानी सापकोटाले वेष्ट पोइन्ट कलेजको क्लबले विद्यार्थीलाई सिकाउन गरेको यो प्रयासको प्रसंशा गर्नु भयो ।

ब्याचलर क्लबका अध्यक्ष दिनेशकुमार विश्वकर्माको अध्यक्षता सचिव कृष्ण कुमार विश्वकर्माको संचालनमा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट तीनजना सहभागीले आफ्ना बिचार प्रस्तुत गरेका थिए। समापान कार्यक्रममा प्रमुख अतिथि प्रधानाध्यापक सापकोटा अध्यक्ष बिश्वकर्माले सहभागीलाई प्रमाण पत्र बितर गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

Leave a Reply