गोरु काटेको अभियोगमा काठमाडौंको बौद्धबाट चार जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गस्तीका क्रममा तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेका चार जना आइतबार बिहान साढे २ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बमजन रहेको र उनीहरुलाई मासु भाग लगाइरहेकाबेला रंगेहात पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन् । उनीहरुलई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर घटनाबारे आवश्यक छलफल भइरहेको र नियम अनुसार कारवाही हुने उनले बताएका छन् ।

Leave a Reply