मुक्तिनाथ विकास बैंकको नाफा ४०.८१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तमा बैंकले उक्त नाफा बढाएको हो । बैंकले आइबार सार्वजानिक गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणमा ६० करोड २० लाख ७५ हजार रुपैयाँ नाफा गरेको उल्लेख छ । गत वर्षको यसै अवधिमा बैंकको नाफा ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.२६ र सञ्चालन नाफा ४१.२६ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमासमा १ अर्ब २९ करोड १२ लाख ४७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवको सोहि अवधिको तुलनामा वर्ष ८८ करोड २८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।यस्तै चालु आवको तेस्रो त्रैमासमा ९३ करोड २४ लाख ५१ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा गत आवको सोहि अवधिमा ६५ करोड ७६ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५ करोड २१ लाख ४९ हजार रुपैयाँ पुगेको छ । बैंकले ४१ अर्ब ८० करोड ४९ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३६ अर्ब ४५ करोड १९ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।गत आवको तेस्रो त्रैमासमा ०.०३ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा घटेर ०.१ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ १९ पैसा (बार्षिक) रुहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा रहेको छ । clickmandu.com

Leave a Reply