सुरक्षा निगरानीका लागि राखिएका सिसी क्यामरा बिग्रिए म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षा निगरानीका लागि राखिएका सिसी क्यामरा बिग्रिएका छन् । बजारको सुरक्षाका लागि डेढ वर्षअघि विभिन्न ठाउँमा गरी १६ सिसी क्यामरा जडान गरिएकामा अहिले तीन क्यामराले बाहेक अन्यले काम नगरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अहिले वीरेन्द्रचोक, बालमन्दिरचोक र बेनी नगरपालिका अगाडिको चोकका तीन क्यामरा मात्र सञ्चालनमा छन्  सङ्गमचोक, हुलाकचोक, न्यूरोड–१, न्यूरोड–२, क्याम्पसचोक माथि, क्याम्पसचोक तल, शिक्षामार्ग, पिपलचोक, कालीपुल बसपार्क–१, बसपार्क–२, मङ्गलघाट तल्लो, मङ्गलघाट माथिल्लो र बैंकरोडको सिसी क्यामराले अहिले काम नगरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply