जिल्लाको मालिका गाउँपालिका–६ लाम्मेला गाउँलाई ब्यवसायीक केरा खेतीको पकेट क्षेत्र बनाउन किसानलाई हजारी जातको केराको बिरुवा वितरण गरिएको छ । केरा खेतीका लागि उपयुक्त लाम्मेलाबासीलाई १ हजार बिरुवा वितरण गर्ने कार्यक्रम अन्तरगत मंगलबार २१ घरधुरीलाई ३५० बिरुवा बितरण गरिएको वडा अध्यक्ष सन्तोष सुबेदीले बताए । ‘ब्यवसायीक उत्पादनलाई प्रोत्साहन गरेका छौ,‘केरा स्थानीय बजारमै सहजै विक्री हुने भएकाले पनि कृषक उत्साहित भएका छन्’ सुबेदीले भने ।

उनका अनुसार केरा खेतीबाट आम्दानी राम्रो हुनुका साथै अन्य खेतीलाई जस्तो जनशक्तिको समेत आवश्यता नपर्ने, खेर गइरहेको जमिनको सदुुपयोग गर्न सकिने भएकाले पनि वडाभित्रका अन्य वस्तीमा समेत प्राथमिकताका आधारमा सहयोग गरिने बताए । सोही अवसरमा अगुवा कृषक एवम् टोल विकास समितिका अध्यक्ष चित्र बहादुर विकले रोग एवं किरामुक्त बनाउन स्थानीयलाई आवश्यक तालिम सहित केरा खेतीलाई आगामी बर्ष समेत विस्तार गरिने बताए ।

उनले उन्नतजातको केरा खेतीका लागि प्राविधिक सहितको टोलीलाई समेत गाउँमा ल्याउने गरी वडामार्फत अनुरोध गरिएको बताए । दरबाङको धेरै ठाउँ केरा खेतीका लागि उपयुक्त मानिन्छ । दरबाङ, बावियौचार हुदै सदरमुकाम बेनीसम्म केराको बजार लिने गरी स्थानीयले ब्यक्तिगत रुपमा समेत विरुवा खरिद गरेका छन् । केरा खेतीक लागि पानी र मल धेरै चाहिने भएकाले ओसिलो जमिन भएको क्षेत्रमा केरा खेती राम्रो हुने गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

Leave a Reply