मंगला गाउँपालिका–२ बावियाचौरको लाम्पाटामा यात्रुवाहक बस दुर्घटना भएको छ । बेनीबाट दरबाङतर्फ जाँदै गरेको ग १ ख ५१०३ को बस लाम्पाटाको पहिरो नजिक दुर्घटना हुदाँ चालक सहित ७ जना घाईते भएका छन् । घाईतेको अर्मन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

दुर्घटनामा चालक कृष्णप्रसाद बुढाथोकी, सहचालक जसबहादुर तामाङ, यात्रु निर्मला जिसी, मंगला–२, सुन्दर किसान, प्रकाश खड्का, दिनेश पुन, पृथिलाल पुन, बस धनी दिपक खड्का लगाएत घाईते छन् । घाईतेको हात र शरीरका विभिन्न भागका समान्य चोट लागेको छ ।

लाम्पाटाको ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । बसले नियन्त्रणबाहिर गएपछिचालकले सावधानीपुर्वक भित्तातर्फ लगेपछि भयानक क्षतीबाट जोखिएको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको बावियाचौर प्रहरी चौकीले जनाएको छ । बस दुर्घटनासँगै सडक अवरुद्ध भएको छ ।

Leave a Reply