म्याग्दीको सदरमुकाम बेनीबाट तोरिपानीतर्फ जाँदै गरेको यात्रुबाहक बस बेनपा–९ भुतादैला नजिक दुर्घटना भएको छ । दुर्घटनामा १६ जना यात्रु घाईते भएका छन् । घाईते यात्रुमध्ये दुईजनालाई थप उपचारका लागि पोखरा मणिपालमा रिफर गरिएको छ । खचाखच यात्रु लिएर जाँदै गरेको ना ५ ख ५७२४ नंम्बरको बस उकालोमा स्टेरिङ नमोडिएपछि दुर्घटना भएको चालक हरि भण्डारीलाई उद्धित गदैं प्रहरीले जनाएको छ ।

दुर्घटनामा अधिकांस बेनपा–९ तोरिपानीका यात्रु घाईते भएका छन् । घाईतको बेनी अस्पतालमा उपचार भइरहेको छ । उकालोमा एक्कासी बसमा समस्या देखिएपछि दुर्घटना भएको जानकारी पाएलगत्तै उद्धारमा स्थानीय सहित प्रहरी

घटनास्थलमा पुगेका थिए। दुर्घटनामा बेनपा ९ तोरिपानीका सुर्यप्रकाश बानियाँ,मिठु परियार, दुर्गा केसी, रुद्ध बहादुर चोखाल, मनिषा पौडेल, नारायण कार्की, यामबहादुर चोखाल, पुस्कल शर्मा, बस्नत शर्मा, दिपक छिनाल, सागर परियार, कुमारी परियार रहेका छन् । त्यस्तै बेनपा १० पात्लेखेतका चन्द्रबहादुर सार्की, पवित्रा सार्की, मंगला गाउँपालिका १ टोड्के रतन थजाली र पर्वत कुस्मा नगरपालिका वडा नं १ दुर्लुकी खिमामति आचार्य रहेकी छन् । दुर्घटनामा घाईतेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

Leave a Reply