म्याग्दीको सदरमुकाम बेनीबाट तोरिपानीतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाईतेको उपचारको खर्च बेनी नगरपालिकाले ब्यहोर्ने भएको छ । बुधबार साँझ बेनीबाट यात्रु लिएर जाँदै गरेको बस बेनपा–९ भुतादैला नजिक दुर्घटना भएको छ । दुर्घटनामा १६ जना यात्रु घाईते भएका थिए । घाईतेको बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले दुर्घटनामा घाईतेको उपचारमा बेनी नगरपालिकाले सहयोग गर्ने भएकाले उपचारमा खटिएका चिकित्सकलाई उपचारमा कुनैपनि कसर नराख्न आग्रह गरे ।‘घाईतेको उपचारमा आवश्यक खर्चको कुनै समस्या छैन्,नगरपालिकाले आफ्नो कोषबाटै खर्चको ब्यवस्थापन गर्छ’ बराईलीले भने ।घाईतेमध्ये चालक हरि भण्डारी सहितको उपचार बेनी अस्पतालमा भइरहेको छ ।

त्यस्तै बेनी नगरपालिका वडा नं ९ ५८ बर्षिय रुद्ध बहादुर चोखाल, मगला गाउँपालिका १ टोड्के १४ रतन थजालीलाई थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बेनीअनलाइनलाई बताए । खचाखच यात्रु लिएर जाँदै गरेको ना ५ ख ५७२४ नंम्बरको बस उकालोमा स्टेरिङ नमोडिएपछि दुर्घटना भएको थियो । बसमा घतान, तोरिपानी, टोड्के लगाएतका क्षेत्रका यात्रु सवार रहेका थिए । दुर्घटनामा घाईतेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

Ramkrishna Baraily is with….

23 mins

आज बेनी देखि पात्लेखेत जादै गरेको ना५ख ५७२४ नं को यात्रु बस साँझ ५ बजे बेनपा ९ भुतादैला भन्ने ठाउमा दुर्घटना हुंदा बसमा सवार यात्रुहरू घाईते भएको खबरले हामी नगरपालिका परिवार दुखित भएका छौं। यो दुर्घटनामा परि घाईते हुने सम्पूर्णमा सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं साथै घाईतेको उपचारका लागी उचित राहत उपलब्ध गराउने ब्यहोरा जानकारी गराउंदछु ।
रामकृष्ण बराईली
प्रबक्ता
बेनी नगरकार्यपालिका

Leave a Reply