????????????????????????????????????

जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवामा आयोजित नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले गुनासै गुनासो पोखेका छन्। जिल्ला प्रहरी कार्यालयले पहिलोपटक दोवामा आयोजित कार्यक्रममा गाउँबाट सदरमुकाम सेवा लिन जाँदा अनावश्यक सास्ती, ढिलासुस्तीका साथै कर्मचारीले दुर्गम क्षेत्रका जनता भन्दै फरक ब्यवहार गर्ने गरेको गुनासो गरेका थिए । भौगोलिक रुपमै विकट वडाभित्र प्रहरीको नियमित गस्ती बढाउनुपर्ने, विकृती, विसंगतीजन्य गतिविधिको अन्त्यमा रचनात्मक सहयोगको माग गरेका थिए ।

????????????????????????????????????

कैलाश माविका प्रधानध्यापक शेर बहादुर गर्बुजाले छरिएको बस्तीका कारण विद्यार्थीको पठनपाठनमा समस्या आएको बताउँदै विद्यार्थीलाई आवासीय सुविधाका लागि कार्यक्रमको आवश्यकता रहेको बताएका थिए ।त्यस्तै वडा सदस्य कुलप्रसाद पूर्जाले सरकारी सेवासुविधाका बारेमा जनतालाई जानकारी गराउने गरी सार्वजनिक सुनुवाई सहितको कार्यक्रम आवश्यक रहेको बताए । उनले वडाभित्रका समस्याका प्राथमिकतालाई मध्यनजर गरी गाउँपालिका तथा जिल्लाका सरकारी कार्यालयले समाधानमा सघाउनुपर्ने बताएका थिए ।

वडाका अन्य सहभागीले सरकारी सेवासुविधा सहितको घुम्ती शिविर, कृषि, पशुपालन सहितका कार्यक्रमहरूमा समेत प्राथमिकता दिने माग गरेका थिए ।

सुनुवाई कार्यक्रममा वडा अध्यक्ष दिलिप कुमार गर्बुजाले प्रहरी र प्रशासनका अभियानले सहज भएको बताउँदै विकास निर्माण सहित सामाजिक गतिविधिमा समेत वडाबाट आवश्यक पहल हुने बताए। उनले भयरहित वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।

????????????????????????????????????

सोही अवसरमा प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले समुदायस्तरमै पुगेर जनतासँग प्रहरीले नजिकको सम्बन्ध स्थापित गर्ने चाहना अनुसार नै कार्यक्रम सञ्चालन गरिएको बताए । उनले प्रहरीको दरबन्दी नभएकाले भुरूङ तातोपानीबाट साप्ताहिक, छड्के गस्तीको ब्यवस्था गरिने बताए । उनले ग्रामिण क्षेत्रमा गाँजाको खेती फस्टाउँदै गएको बताउँदै शान्ति सुरक्षाकायम, अपराध, दुर्घटना र विकृती न्युनीकरण गर्न प्रहरीलाई सघाउने अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रजिअ लीलाधर अधिकारीले जिल्लामा मेलाजात्रा ठूलै समस्या भएकाले जनप्रतिनिधिकै उपस्थितीमा गरिएको प्रतिबद्धता अनुसार नै मेला सञ्चालन गर्न अनुरोध गरे । उनले जिल्लाका कुनैपनि कार्यालयमा कर्मचारीले सेवाका नाममा अतिरिक्त सुविधा, प्रक्रियामा झन्झट तथा सेवा प्रवाहमा ढिलासुस्ती गरेमा तत्काल जानकारी गराउन अनुरोध गरे ।उनले जिल्लामा शुसासन कायम गर्ने अभियानमा धेरै सफलता मिलेको बताउँदै जनमैत्री प्रशासनका लागी गाउँगाउँमै पुगेर सेवा दिने गरेको बताए ।

नागरिक सुनुवाई कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गर्बुजा, स्वागत प्रहरी निरिक्षक धुव्रप्रसाद शर्मा, कार्यक्रम सहित भावी योजनाका बारेमा प्रनाउ मरासिनीले जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरिक्षक दुर्गाप्रासाद अधिकारीले गरेका थिए । सोही अवसरमा स्थानीय आमा समुहले भब्य स्वागत समेत गरेका थिए ।

Leave a Reply