नेपाली कांग्रेस म्याग्दीले बुधबारदेखि सुरू गरेको ‘राष्ट्रिय जागरण अभियान’ जिल्लाका सबै वडा, बस्ती–बस्तीमा पुग्ने जनाएको छ । अभियानको पार्टी कार्यालयमा उद्घाटन गदैं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले कांग्रेसले जनताको घरदैलोमै पुगेर मन जित्ने बताए । ‘हरेकको घरघरमा, सबैको मन जित्ने गरी अभियानको सुरुवात गरेका छौ,‘कांग्रेसको जागरण अभियानले धेरैलाई समेट्ने छ’ शर्माले भने ।

उनले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि केन्द्रित भएको अभियानको तीन चरणमा बर्षभरी जनताको घरदैलोमा पुग्ने बताए । जनताले दुईतिहाईको सरकारलाई दिएको म्यान्डेड विपरित सत्ता सञ्चालन, अराजकता, बलात्कार जस्ता घटनाको मतियार बनेको उनको आरोप थियो । कार्यक्रमा नेपाली काँग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरले म्याग्दी जिल्लाका कार्यकर्तालाई निराश हुन नदिने बताए ।

उनले पार्टीको अभियानलाई जिल्लाका सबै ६ वटै स्थानीय तहका वडास्तरमै पुगेर सञ्चालन गर्ने बताउँदै केन्द्रिय कार्यक्रम बाहेक पनि जिल्लातहमा योजनाबद्ध तरिकाले कार्यक्रम सञ्चालन गरी पार्टीलाई थप उचाईमा पु¥याउने बताए । उनले जागरण अभियानलाई सफल बनाउन १७ जना संयोजक तोकिएको र भोली देखी नै गाउँगाउँमा पुग्ने बताए । नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई प्रत्येक वडा वडामा खटाउने गरि संयोजक तोकेको काँग्रेसले जनाएको छ ।

कार्यक्रमा नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसादरेग्मीले जागरण अभियान मार्फत कार्यकतालाई जगाउने बताए। नेपाली काँग्रेस म्याग्दीका सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी तथा महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले मन्तब्य राखेकी थिईन्। कार्यक्रमको सञ्चालन पार्टी सचिव क्या मिन बहादुर कार्कीले गरेका थिए ।

Leave a Reply