गर्मीको समयमा उखुको रस बजारमा प्रसस्त मात्रामा पाइन्छ । प्यास पनि मेटाउने र शरीरलाई चिसो पनि बनाउने भएकाले मानिसहरु गर्मीको समयमा यसलाई बडी रुचाउने गर्छन् ।

गर्मीमा स्वादिलो उखुको जुसले शितलता मात्रै प्रदान गर्दैन यसले हाम्रो स्वास्थमा पनि धेरै फाइदा गर्छ । तर हरेक मानिसले उखुको रस खान हुदैन । केही मानिसलाई उखुको रस खाँदा स्वास्थ्यमा झन् ठुलो समस्या आउन सक्छ । त्यसैले कस्ता मानिसले खाने र कस्ताले नखाने भन्ने कुरा राम्ररी जान्नुपर्छ ।

यदि तपाईलाई खोकी लागिरहेको छ भने उखुको रस नपिउँनुहोस् । यस्तो अवस्थामा उखुको रस पिउँनाले तपाईको शरीरमा कफको समस्या झनै बढेर जान्छ । त्यस्तै, पेटसँग सम्बन्धित कुनै पनि समस्या भईरहेको छ भने त्यस्तो अवस्थामा उखुको रस पिउँन नहुने बताइन्छ ।

उखुको रसले शरीरमा चिनीको मात्रा बढाउँछ । यदि तपाई मधुमहेको रोगी हुनुहुन्छ भने तपाईले उखुको रस पिउँनुहुँदैन । यो तपाईका लागि बिष सरह हुन्छ । यदि तपाईको तौल बढेको छ वा मोटोपनको समस्यामा हुनुहुन्छ भने उखुको रस नपिउनुहोस् । उखुको रसमा बढी मात्रामा क्यालोयिरज र सुगर हुन्छ ।

कुन कुन अवस्थामा उखुको जुस सेवन गर्नु हानिकारक हुन्छ ?

१‍ श्वासको समस्या

जुन मानिसलाई दाँतमा दुखाईको समस्या छ , श्वासको समस्या वा दाँतमा प्वाल परेको छ ती मानिसहरुले उखुको रस सेवन गर्नु हुँदैन् यसले उनीहरुको समस्या बढ्न सक्छ । यसका साथै दाँतमा किरा लागेको छ भने यसमा हुने चीनीले समस्या हुन्छ ।

२‍ पेटको खरावी

पेटमा खरावी भए उखुको रसले पखाला चल्न सक्छ । तपाईको शरिरको प्रभाव गरम छ वा तपाईको पेटमा किरा छन् भने पनि उखुको रस सेवन गर्नु तपाईको लागि नोक्सानदायक सावित हुन सक्छ ।

३ मधुमेह

यदि तपाईलाई मधुमेह अर्थात डायबिटिज छ भने तपाईलाई उखुको जुस सेवन गर्नु नोक्सानदायक हुन सक्छ किनकी यसमा गुलियोको मात्रा अत्याधिक हुन्छ ।

४‍ कफको समस्या छ वा खोकी लागेको छ भने त्यस्तो अवस्थामा पनि उखुको जुस तपाईले सेवन गर्नु हानीकारक हुन्छ । यसबाट बच्नु नै राम्रो हुन्छ ।

५ यदि तपाईले आफ्नो तौल कम गर्न चाहिरहनु भएको छ र तपाईको तौल धेरै बढेको छ भने उखुको जुस सेवन नगर्नु नै राम्रो हुन्छ किनभने यसमा रहेको गुलियो र कार्बोहाइड्रेट तौल बढाउनमा सहायक हुन्छ ।

Leave a Reply