बाथ घुँडा तथा हाड जोर्नीमा देखिने एक समस्या हो । बाथ बढ्दै जाँदा हात खुट्टाहरु सुनिनने गर्दछ । बदलिदो समयसंगै खानपानको अस्तव्यस्तताले आजभोली बाथरोगीका बिरामीहरू बढिरहेको पाइन्छ । सामान्यतः बाथको समस्या बढी महिलालाई देखिन्छ भने पुरुष पनि यसका शिकार हुन्छन् ।

यसका लागि उपचार र पेनकिलर्स दिइन्छ । तर अनुसन्धानहरुबाट के देखिएको छ भने यदि बाथ बढाउने खालका खाना खाइएको छै भने यसलाई नियन्त्रण गर्न सकिन्छ । बाथ धेरै प्रकारका हुन्छन् । तिनमा ओष्टियो बाथ र रुमाटाइड बाथ बढी भएको पाइन्छ ।

ओष्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ । यसले ती अंग चलाउन पनि गा¥हो हुन्छ । परिवारमा पहिला कसैलाई बाथ भएको छ भने यसको चपेटामा पर्ने सम्भावना बढी हुन्छ ।

बाथको लक्षण

जोर्नी दुख्ने, सुन्निने, अंगले काम गर्न समस्या हुने, रातो हुने ।

के गर्ने ?

आराम गर्ने
चिसो या तातोले सेक्ने
तौल कम गर्ने
शारीरिक अभ्यासमा जोड दिने

यसका अलावा बाथका रोगीले यी खाना खानबाट बँच्नुपर्छ-

फ्राइ गरेको या प्याकेटको खाना
अनुसन्धानकर्ताहरुका अनुसार बाथका रोगीले फ्राइ गरेको या प्याकेजिङ गरेको जस्तै, फ्राइड मिट, चिस्याइएका तरकारीहरु खानुहुन्न । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ ।

चिनी
आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न ।

गालेको अचार

बाथ रोगीहरुले खानै नहुने अर्को कुरा गालेको वा सिसीमा राखेको अचार र गुन्द्रुक हो । यसमा हुने अमिलोपनले बाथका रोगीहरुको हड्डी सुन्निन गई थप गाह्रो कुन जान्छ ।

दुग्धजन्यपदार्थ
दूध दही शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट भरपूर क्याल्सियम पाइन्छ । तर बाथका रोगीहरुका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ ।

मदिरा र सूर्तिजन्य पदार्थ
मदिरा र सूर्तिजन्य पदार्थ शरीरका लागि हानिकारक हुन्छ । झन् बाथका रोगीले त यसलाई छुनै हुन्न । यसले जोर्नी दुख्ने क्रम बढी पार्छ । साथै शरीरमा खतरनाक रोगलाई निम्त्याउँछ ।

अमिलो फलफूल तथा तरकारी

बाथ भएकाहरुले अमिला फलफूलबाट टाढै बस्नपर्ने हुन्छ । खानै परे मध्य दिउँसोमा खाने तर साँझको समयमा सकेसम्म अमिलो फलफूल जस्तै सुन्तला, कागती,भुइंकटहर, मौसम आदी नखानु उत्त्म हुन्छ । त्यस्तै तामा गोलभेंडा मिसाएको तरकारी पनि खानामा बर्जित गर्नु बेस हुन्छ ।

Leave a Reply