बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालयका पदाधीकारी, क्याम्पस सञ्चालक समिति तथा शिक्षक कर्मचारीबीच वार्षिक परिक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष राधा त्रिपाठीले नतीजालाई सुधार गर्न परिक्षालाई व्यवस्थित र मर्यादीत बनाउनुपर्ने बताईन् ।

उनले विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त प्राप्तीको अन्तिम चरणमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको अवस्था देशका अन्य गुणस्तरीय मान्यता प्राप्त गरेका क्याम्पस सरह रहेको त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष राधा त्रिपाठीले बताएकी थिईन् ।

परिक्षाको मर्यादा कायम राख्न शिक्षक र कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने शिक्षाध्यक्ष त्रिपाठीको भनाई थियो । कार्यक्रममा सहभागि प्रध्यापक तथा विद्यार्थीहरुले त्रिभुवन विश्व विद्यालयले परिक्षाको नतिजा प्रकाशनमा ढिलाई गरेको बताउदै छिटो नतिजा प्रकाशन गर्ने र शिक्षण बिधिलाई सुधारमा जोड दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका परिक्षा नियन्त्रक बिष्णुप्रसाद खनाल, सहायक नियन्त्रक अर्जुन भण्डारी र भुपाल श्रेष्ठले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी बहुमुखी क्याम्पस क्युएएको प्रक्रियामा रहेकाले परिक्षाको मर्यादा कायम गर्ने प्रतिवद्धता जनाउनुभयो । सोही अवसरमा क्युएए प्राप्तिका लागि प्रयासमा बारेमा क्युएए फोकल पर्सन गोरख बहादुर जिसीले जानकारी गराएका थिए । अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष सोमनाथ ढुङ्गानाको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply