म्याग्दीको सदरमुकाम बेनीमा शाखा रहेको गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई आर्कषित गर्न नयाँ तथा सुविधै सुविधा भएका सेवाहरु सञ्चालन गर्ने गरेको बैंकले गण्डकी स्मार्ट मोवाइलवाट चलाउन सकिने सेवाभित्र मोवाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएको बेनी शाखा प्रबन्धक कुमार ढुंगानाले बताए ।

‘ग्राहकलाई सहज र छिटो सेवा दिने गरी नयाँनयाँ सुविधा थप गरेका छौ,‘ प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन बैंक प्रतिबद्धताको निरन्तरता स्वरुप यो सेवा आएको छ‘ उनले भने । सेवामा इन्टरनेट वा एसएमएस को माध्यमवाट चलाउन सकिन्छ ।

बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा अन्य सदस्य बैंकहरुमा रकमान्तरण सुविधा, मोवाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट विल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउन्लोड सुविधा लगायतका विभिन्न सेवाहरू रहेका छन् ।

सेवा प्रयोगका लागि गण्डकी विकास बैंकमा खाता भएका ग्राहकहरुले Google Play Store वा Apple App Storeमार्फत Gandaki Smart App बचत लाई Download/Update गरी प्राप्त गर्न सक्ने जनाइएको छ।

 

Leave a Reply