म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोरेपानीमै सडक सञ्जाल पुग्ने भएको छ । अन्नपूर्ण गाउँपालिका–६ चित्रेदेखि घोरेपानी जोड्ने सडक बिहिबारदेखि विस्तार कार्य सुरू भएको छ । लामो समयसम्म सडक विस्तारमा देखिएको विवाद समाधान भएसँगै गण्डकी प्रदेशमार्फत विनियोजित ५० लाख बजेटले सडक विस्तारको कार्य सुरू भएको चित्रे–घोरेपानी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष विरेन पुनले बताए ।

‘सडक विस्तारको कार्यले तिब्रता पाउने छ,‘प्रदेशको राजधानी जोड्ने लक्ष्य समेत रहेको छ’ पुनले बेनीअनलाइनलाई भने । उनका अनुसार करिव ५ किलोमिटर सडक विस्तारसँगै घोरेपानीमा सडक पुग्ने बताए । उक्त सडकका लागि प्रदेश सांसद विनोद केसीको पहलमा ५० लाख विनियोजन भएको थियो । चित्रे हुदै घोरेपानी पुग्ने सडकलाई भविस्यमा कास्कीको उल्लेरी हुदै पोखरा जोड्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले बताए ।

ko{6sLo ufpF 3f]/]kfgL
DofUbLsf] cGgk”0f{ ufpFkflnsf–^ df cjl:yt ko{6sLo ufpF 3f]/]kfgLaf6 b]lvPsf] wf}nflu/L lxdfn . tl:a/ M sdn vqL, DofUbL, /f;;

‘सडक सञ्जाल विस्तार गरिएपनि पदमार्गलाई समेत सहज आवतजावत गर्ने गराउँछौ,‘सडक पदमार्ग दुवैलाई सँगसँगै लैजान्छौ’ पुनले भने । उनका अनुसार सडक सञ्जाल विस्तारको क्रममा लालीगुराँसको जंगललाई असर नगर्ने गरी विस्तार गरिने बताए । उनले अपुग बजेट प्रदेश सरकारबाट थप तथा गाउँपालिकाबाट समेत उपलब्ध गराउने बताए ।

विकास निर्माण स्थानीयको माग र आवश्यकता भएको बताए ।सडक सञ्जालसँगै पोखरे बगर हुदै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल समेत बढ्ने अनुमान गरिएको छ ।कच्ची सडकका कारण पदमार्ग जिर्ण बन्दै गइरहेको अवस्थामा घोरेपानीमा सडक पुग्नु पदयात्रीलाई असहज भएपनि विकासको आधार सडक नै भएकाले स्थानीयको चाहना अनुसार सडक विस्तार गरिएको जनप्रतिनिधिको भनाई छ ।

वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा, नेकपाका नेता नारायण पुन लगाएत स्थानीय अगुवाको उपस्थिती रहेको थियो । अन्नपूर्ण पदमार्ग अन्तरगत रहेको घोरेपानी, पुनहिल जिल्लाकै प्रमुख तथा विश्वमै एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तब्यको सूचीमा रहेको छ । सुरेन गुरूङ

Leave a Reply