गरिमा विकास बैंक दरबाङ शाखाले मालिका गाउँपालिका–७ बिमस्थीत किसानी माविमा शैक्षिक साम्रागी वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब तथा जेहेन्दार १६ जना विद्यार्थीलाई पोशाक, झोला र स्टेशनरी वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा कक्षा १ देखि १० का १२ जना र प्राविधिक शिक्षा अन्तरगत अध्ययरत ४ जना विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको शाखा प्रबन्धक नारायणहरी शर्माले बताए । ‘वित्तिय कारोबारसँगै विभिन्न क्षेत्रमा सहयोगलाई समेत प्राथमिकता दिएका छौ,‘गरिमा यसक्षेत्रका नागरिकको लागी बैक र साथी दुवै हो’ शर्माले भने ।

उनले पश्चिम म्याग्दीको मालिका र धौलागिरी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर विस्तार गरिएको गरिमाले सामाजिक उत्तरदाहित्वसँगै वित्तिय साक्षरता कार्यक्रम सहित सामाजिक सुरक्षा भत्तालाई घरदैलोमै पुगेर वितरण गर्ने गरेको बताए । सोही अवसरमा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष विटालुले गरिमाले गाउँपालिकासँग सहकार्य गरी वडास्तरमै पुगेर सेवा दिइरहेको बताईन् ।

उनले वित्तिय कारोबारसँगै जनतालाई बैंकिङ्ग गतिविधिका बारेमा समेत जानकारी दिने कार्यलाई थप प्रभावकारी बनाउन अनुरोध गरिन् । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कालिप्रसाद जुग्जाली, प्रधानध्यापक जंगबहादुर जुग्जाली लगाएत शिक्षक अभिभावकको उपस्थिती रहेको थियो । म्याग्दीको सदरमुकाम बेनी सहित मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाका शाखा रहेको बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग सहयोग गदैं आइरहेको छ ।

Leave a Reply