Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

प्रकाश माविका विद्यार्थीको निःशुल्क आँखा परिक्षण

सदरमुकाम बेनीमा अवस्थित प्रकाश माविमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परिक्षण गरिएको छ । शुक्रबार विद्यालयमा रेडक्रस सोसाईटी÷आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमासम्पन्न निःशुल्क आँखा परिक्षण शिविरमा २ सय ४३ जना विद्यार्थी लाभान्वीत भएको विद्यालयका शिक्षक टेकप्रसाद सुबेदीले बताए ।

उनका अनुसार विद्यार्थीहरुको स्वास्थ्य समस्या पहिचान, थप उपचारको व्यवस्था र स्वास्थ्य तथा सरसफाईप्रती सचेत बनाउने अभियान अन्तरगत आयोजित शिविरमा आँखा उपचार केन्द्रका प्रमुख दिनेश बानियाँको नेतृत्वमा चेकजाँच भएको थियो । सोही अवसरमा विद्यार्थीलाई आँखाको नियमित चेकजाँच सहित सुरक्षामा अपनाउनुपर्ने सतर्कताका बारेमा समेत जानकारी गराइएको थियो ।

जिल्लाकै पुरानो प्रकाश माविले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रिपाकलाप र स्वास्थ शिविरलाई समेत निरन्तरता दिने गरेको छ । सोही अवसरमा विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत विद्यालयले शैक्षिक गतिविधि सहित सम्रग योजनाका बारेमा छलफल गरेको शिक्षक सुबेदीले जानकारी दिए ।

Exit mobile version