नेपाल शिक्षक संघ म्याग्दीले स्थायी शिक्षकहरूलाई सम्मान तथा दिर्घकालिन सेवा निवृत्त शिक्षकलाई अभिनन्दन गरेको छ । ३० औं नेपाल शिक्षक संघ दिवसको अवसरमा नेपाल शिक्षक संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा लोकसेवा मार्फत स्थायी भएका करिब पचास जना शिक्षक र दिर्घकालिन सेवा निबृत्त शिक्षकहरूलाई सम्मान गरिेएको हो ।

त्यस्तै जिल्लाका स्थानीय तहमा यसबर्ष रघुगंगा गाउँपालिकालाई सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन गदैं नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष राजेन्द्रराज दाहालले शिक्षकको हकहितका लागी हुने हरेक गतिविधिमा संघीय तथा प्रदेशस्तरबाट समेत निरन्तर सहयोग हुने बताए । संघका केन्द्रिय उपाध्यक्ष भरत लम्सालले संघको बार्षिक निति तथा कार्यक्रमको प्रवोधिकरणको बारेमा प्रशिक्षण गराएका थिए।

सम्मान तथा प्रशिक्षण कार्यक्रममा पूर्व सांसद रेशम बहादुर बानियाँ, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशव प्रसाद रेग्मी, उपसभापति माधवप्रसाद रेग्मी, पूर्व सहअध्यक्ष नेत्र बहादुर महत, सचिव मिन बहादुर कार्की, प्रवक्ता एवम् संघका पूर्व अध्यक्ष अजयमिलन श्रेष्ठ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन,रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, ट्रेड युनियन म्याग्दीका अध्यक्ष कोमल प्रसाद उपाध्याय, शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्ष युकुमार गर्बुजा लगाएतले मन्तब्य राखेका थिए ।

सोही अवसरमा शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुबेदीले जिल्लाभित्र रहेका सबै स्थानीय तहमा संघमा आवद्ध रहेका शिक्षकको समस्या र आवश्यकतालाई मध्यनजर गरी अगाडी बढ्ने बताए । उनले शिक्षकलाई सहज तथा प्रविधि सहित शिक्षण सिकाईको क्षेत्रमा अझै सक्षम बनाउन सहयोग मिल्ने गरी काम गर्ने बताए। यसैबीच संघको शिक्षक कल्याणकारी कार्यका लागि ७३ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष सुवेदीले १० हजार रुपैया,उपाध्यक्ष खत्रीले १० हजार रुपैयाँ र सचिव गजेन्द्र श्रेष्ठले १० हजार रुपैयाँ सहित ११ पदाधिकारीहरुबाट सो अक्षयकोष स्थापना गरिएको हो । कोषलाई निरन्तर बृद्धि गदैं शिक्षकको समस्यामा सहयोग गर्ने बताइएको थियो । शिक्षक संघ म्याग्दीका उपाध्यक्ष नगेन्द्र बहादुर खत्रिको स्वागत मन्तव्य र सहसचिव रामचन्द्र पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । य

Leave a Reply