एशियाका तारा भगवान बुद्धक उपदेश र शिक्षा वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको शनिबार बुद्ध विहारमा आयोजित कार्यक्रममा बताइएको छ । २६४३ औ लुम्बिनी दिवसका बारेमा म्याग्दी बौद्ध संघ तथा बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वज्योती भवगान बुद्ध नेपालमै जन्मिएपनि जयन्ती तथा विभिन्न समारोहमा मात्रै सम्झिने गरिएको बताउँदै नेपालीले बुद्धका उपदेश र शिक्षालाई दैनिक जीवनमा प्रयोग गर्नुपर्ने भद्दन्त सम्यक सम्बोधि प्राणपुत्रले बुद्ध जयन्तीका बारेमा अझैपनि भ्रम रहेको बताए ।

उनले भगबान गौतम बुद्धको जन्म नेपालमा भएपनि धेरै समय भारतमा विताएकाले जन्मदिनलाई नै जयन्तीको रुपमा मनाउनुपर्ने बताए । विश्वमै भगवान बुद्धको शिक्षाले ब्यापक पाएपनि नेपालमा दिवस मनाउन समेत निकै समस्या भएको बताए । ‘बुद्धको शिक्षाको पहुँचलाई फराकिलो बनाउनुपर्छ,‘बुद्ध संवदको ब्यवाहारिक कार्यान्वयन गर्नुपर्छ’ उनले भने ।

पत्रकार सम्मेलनमा बुद्ध संघका अध्यक्ष एवम् मुल समारोह समितिका अध्यक्ष यजनलाल शाक्यले बुद्ध शिक्षालाई जिल्लाभर फैलाउन यूवाहरूको अग्रसरता आवश्यकता रहेको बताए । उनले बुद्ध शिक्षाका पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन ब्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेकाले नेपालीले पञ्चशील अनुसार आफ्नो दैनिकीलाई अगाडी बढाउन सक्नु नै भगवान बुद्धको सम्मान हुने भएकाले पनि बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाउने बताए ।

दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण, विद्यार्थीमा बुद्ध शिक्षा सम्बन्धि अन्तरक्रिया, बुद्ध पूजा तथा धर्मदेशना कार्यक्रम,शान्ति पदयात्रा, रथयात्रा, मुल कार्यक्रम र जेष्ठ ३ गते शनिवार मूल कार्यक्रम सञ्चालन गरिने बताए । पत्रकार सम्मेलनको सञ्चालन बुद्ध संघका सचिव याम शाक्यले गरेका थिए ।

Leave a Reply