जिल्लाको मालिका गाउँपालिका वडा नं ६ का महिलालाई अर्गानिक तरकारी खेतीतर्फ आर्कषित गर्न तालिम सञ्चालन गरिएको छ । गाउँपालिका र संगम म्याग्दीको आयोजनामा ढाडखर्कमा तरकारी खेतीमा विषादीको प्रयोगलाई निरुत्साहित गर्न तालिम सञ्चालन गरिएको हो ।

व्यावसायिक रुपमा तरकारी खेतीलाई बढावा दिन तालिम सहित इच्छाशक्तीको आवश्यकता पर्ने भएकाले गाउँपालिका भित्र तरकारी खेती हुने क्षेत्रमा अर्गानिक खेतीका लागि प्रोत्साहन गरेको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । उनका अनुसार रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्य र जमिनको उर्वरा शक्तिमा प्रतिकूल असर पार्ने जानकारी पाएपनि रसायनिक मलकै प्रयोग गर्ने गरिएको अवस्थामा महिला कृषकमार्फत अर्गानिक खेतीको अभियान सुरु गरिएको बताए ।

हाई हिमालय अर्गानिक प्रालिका पुष्पराज सापकोटा र प्रदिप घिमिरेले प्रशिक्षण दिएको तालिममा अगुवा महिला कृषकले तालिममार्फत प्राप्त सीपलाई ब्यवहारमा कार्यान्वयन गर्ने बताए । सानो लगानीमै राम्रो आम्दानी गर्न सकिने तरकारीको दरबाङ बजारमै सहजै खपत हुने भएकाले पनि बजारको समस्या नभएको कृषकको भनाई छ । रासायनिक मल र बिषादीले तत्काल उत्पादन वृद्धि भई फाइदा हुने भएपनि दीर्घकालीन प्रयोग गर्दा जमिनको उर्वराशक्ति घट्दै जाने गरेको जानकारी पाएपछि रासायनिक मलको प्रयोगलाई रोक्ने प्रतिबद्धता कृषकले गरेका छन् ।

Leave a Reply