म्याग्दी जेसीजले दुर्घटना न्यूनिकरण गर्न सवारी चालकलाई ट्राफिक जनचेतनामुलक कार्यक्रम सहित साम्रागी हस्तान्तरण गरेको छ । जिल्ला ट्राफिक कार्यालय म्याग्दीसँग सहकार्य गरी शनिबार बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा आयोजित कार्यक्रममा राजमार्ग र जिल्लाका विभिन्न ग्रामिण सडकमा चल्ने भाडाका सवारीसाधनका चालक र सहचालकलाई ट्राफिक शिक्षा दिइएको हो ।

सचेतनामुलक कार्यक्रममा बोल्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले मानवीय कमजोरीका कारण धेरै दुर्घटना हुने गरेको बताउँदै सुरक्षित यात्राको लागि चालकले पहिलो सावधानी अपनाउनुपर्ने बताए । जिल्ला ट्राफिक कार्यालयका प्रमुख मित्रलाल ढकालले सवारी दुर्घटनाको प्रमुख कारण मानवीय, यान्त्रिक, सडक र वातावरणीय पक्ष भएपनि नेपालमा ७० प्रतिशत दुर्घटना मानवीय कारणले हुने गरेको बताए ।

कार्यक्रममा जेसीजका पूर्वअध्यक्षद्धय विजयकुमार श्रेष्ठ, भिमसेन बराईलीले नियम भन्दा विपरीत सवारी साधन चलाउने गरेको गुनासो समेत आउन थालेको अवस्थामा आयोजित कार्यक्रमले न्यूनिकरणमा सहज भएको बताए ।

जिल्लामा बर्षेनी सडक दुर्घटना बढ्दै जान थालेपछि जनचेतनामुलक कार्यक्रम मार्फत न्यूनिकरणको पहल गरिएको शाखा अध्यक्ष खम थापाले बताए । २० जना चालकको उपस्थिती रहेको कार्यक्रममा राजमार्ग तथा ग्रामिण सडकमा चल्ने सवारीसाधनमा स्टिगर टाँस गरिएको थियो । जेसीजका कार्यकारिणी उपाध्यक्ष सुजन बरुवालको स्वागत, कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply