श्रीमान-श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छाेरीलाई जलाएर हत्या गरेका छन् । व्याँस गाउँपालिका-५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई छोरी जलाएर हत्या गरेकाे अभियोगमा प्रहरीले पक्राउ गरेकाे छ ।  बिहीबार राति करिब साढे ११ बजे उनीहरू सामान्य विवाद भएकाे थियाे ।

श्रीमतीसँगकाे विवादपछि आवेगमा नवीनले छोरीलाई खरको कुन्युमा राखी आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । घटनापछि भाग्न लागेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको अमिर रावलको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

‘श्रीमतीले उनकाे दिदीलाई सुन दिएकाे विषयमा विवाद हुँदा घटना भयाे,’ नवीनले स्वीकार्दै भने। नवीनलाई अपराध संहिताअनुसार कारवाही हुने र शिलालाई कसुर हेरी कारवाहीका लागि सिफारिस गर्ने प्रहरीले जनकारी दिए । खरको कुन्युमा आगो लागेपछि स्थानीय घटना स्थलमा पुगेको र घटना स्थलमा पुगेका थिए ।

Leave a Reply