मंगला गाउँपालिका –१ कुहुँ पूर्णगाउँमा होमस्टे (घरबास)तालीमा सञ्चालन गरिएको छ । जिल्लाको आर्कषक पर्यटकीय गन्तब्यको रुपमा विकास भइरहेको टोड्के हुदै धौलागिरी सेञ्चुरी पदमार्ग, मालिकाधुरी सहित राहुघाट क्षेत्रका पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।

तालिमको गाउँपालिका उपाध्यक्ष सृजना केसी र उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवालले संयुक्त उद्घाटन गरेका थिए । पर्यटकीयस्थलमा आउने पर्यटकलाई लक्षित गरी आयोजित ९ दिने होमस्टे तालिमको उद्घाटनको अवसरमा गाउँपालिका उपाध्यक्ष केसीले गाउँपालिका भित्रका सबै वडामा रहेका पर्यटकीयस्थलको प्रचारप्रसारसँगै पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिने बताईन् ।

त्यस्तै म्याग्दी उवासंघका बरिष्ठ उपाध्यक्ष कटुवाल, धौलागिरी पर्यटन परिषद् अमर बानियाँ, घरबास कार्यक्रमका संयोजक दुर्गादत्त आचार्य, कार्यपालिका सदस्य दिलकुमारी खत्री,घरेलु तथा साना उद्योग विकास कार्यालयका बरिष्ठ अधिकृत सरिता गौतम लगाएतले मन्तब्य राखेका थिए ।  कार्यक्रममा म्याग्दी उवासंघका महासचिव लिलाराम गौतम, स्थानीय अगुवा लगाएतको उपस्थिती रहेको थियो । तालिममा २० जनाको सहभागिता रहेको छ । तालिमको सञ्चालन उवासंघका सचिव सुर्वण रिजालले गरेका थिए ।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको टोड्केलाई लक्षित गरी घरबासले पर्यटकलाई आर्कषित गर्न सक्ने स्थानीयको भनाई छ । अर्गानिक खाना,रैथाने संस्कृति बुझ्न,हेर्न चाहने, बस्तीबाट करिव आधाघण्टाको दुरीमा रहेको टोड्केबाट अग्ला पहराबाट हिमालका दृष्य,आसपासमा रहेका अग्ला पहाड, ग्रामिण बस्ती सहित आसपासमा रहेको लालीगुँरासको मनोरम दृष्य समेत देख्न सकिन्छ । टोड्केमा शनिबार नै ३ करोडको लागतमा सुविधासम्पन्न रिर्सोट समेत सञ्चालनमा आएको छ ।

 

Leave a Reply