म्याग्दी जिल्लामा बालबालिकालाई सहयोग जुटाउन सक्रिय चितवनका एक समाजसेवीले एक्लै प्रयासमा १ करोडको अक्षय कोष स्थापना गर्नुभएको छ । म्याग्दीकी पूजा खत्री र बेनपा २ खवराका सन्ध्या र साधनाको उच्च शिक्षासम्म सहयोग जुटाएका चितवनका खैरहनी नगरपालिका पर्साका सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेलले आर्थिक अभावमा रहेकाहरुको लागि छात्रवृत्ति प्रदान गर्न एक करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्नुभएको छ ।

आर्थिक अभावका कारण कुनै पनि वालवालिका शिक्षाबाट वन्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ गजुरेलले विं सं २०६७ सालको पौष महिनादेखि खैरहनी माध्यमिक विद्यालयमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरी एक करोड संकलन अभियान सुरु गर्नुभएको हो ।

आफुले पढ्न नपाएपनि अरुलाई पढाउनकै लागि सो अक्षय कोष स्थापना गरेको र आज आफ्नो अभियान पूरा भएको गजुरेलले बताउनुभयो । कोषमा देश विदेशबाट कुनै शुभकार्य, पुण्यतिथि लगायतको अवसर पारेर रकम सहयोग हुँदै आएको छ । कोषमा १ हजार देखि माथि सहयोग हुँदै आएको छ । जन्मदिनको अवसरमा एक हजार रुपैयाँ लिन उनी आफै मोटरसाईकलमा आफ्नै खर्चमा हेटौडा र नवलपरासी सम्म पुग्ने गरेका छन् ।

Leave a Reply