म्याग्दीमा राप्रपाबाट निर्वाचित जिल्ला समन्वय समितिका सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । जिसस म्याग्दीका सदसइ धवलागिरी गाउँपालिका १ गुर्जाका सुकमाया छन्त्याल शनिबार नेकपामा प्रवेश गर्नुभएको हो ।

राप्रपाबाट वडा सदस्यमा निर्वाचित छन्त्याल सोही पार्टीको प्रतिनिधित्व गर्दै जिसस सदस्य बन्नुभएको थियो । यसैगरी धवलागिरी गाउँपालिका १ गुर्जाको नेपाली काँग्रेस गाउ इकाई सभापति प्रेमबहादुर छन्त्याल, ताकमका नेपाली काँग्रेसका वडा कार्यसमिति सदस्य धनबहादुर मगर र राप्रपा गुर्जा गाउँ समितिका सदस्य तुलाराम नेपाली पनि नेकपामा प्रवेश गर्नुभएको छ ।

मुनामा आयोजित गाउँपालिकाका पदाधीकारी तथा सदस्यहरुको सपथग्रहण तथा पूर्ण बैठकमा नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, जिल्ला संयन्त्र सदस्य रेशम जुग्जाली, नेता कृष्णकुमार विश्वकर्मा, गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदी, बेगप्रसाद गर्बुजा लगायतले उनिहरुलाई पार्टी प्रवेश गराउनुभएको थियो ।  सपथग्रहणपछि जिल्ला सचिव श्रेष्ठ र संयन्त्र सदस्य जुग्जालीले एकता प्रक्रिया पुरा भएसंगै नेकपाको संगठन निर्माणलाई तिब्रता दिने, स्थानीय, प्रदेश र संघीय सरकार मिलेर विकास निर्माण तथा जनताको समस्या समाधान र आवश्यकता पुरा गर्न लाग्ने बताउनुभयो ।

Leave a Reply