जग्गादातालाई पञ्चेबाजा सहित गाउँमा भब्य सम्मान

पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं २ तल्लो डडुवामा क्लव र आमा समुहलाई जग्गादान गर्नेलाई सम्मान गरिएको छ। गाउँमा रहेको मंगला यूवा क्लव र परिवर्तनशिल आमा समुहको भवन तथा खेलकुद मैदान निर्माणका लागि आवश्यक पर्ने १४ आना जग्गा सहयोग गर्ने गणेश बहादुर, तुलसीमायाँ र छोरा धनबहादुर पुनलाई स्थानीयले भब्य समारोहका बीच सम्मान गरेका हुन् ।

जग्गादाता सम्मान तथा आर्थिक संकलन कार्यक्रमको उद्घाटन गदैं जनकी आधारभुत विद्यालयका प्रधानध्यापक बिर बहादुर कार्की, विशिष्ट अतिथि क्लवका शुभचिन्तक कुशल शर्मा, परिवर्तनशिल आमा समुहका अध्यक्ष जितकुमारी कार्की, क्लवका उपाध्यक्ष विनोद खत्री, आजिवन सदस्य भोज बहादुर शाहीले जग्गादानले पूर्वाधार बनाउन सहज हुने बताएका थिए।सोही अवसरमा क्लवको मंगला शिक्षा अभियानमा ३० हजार ६९० संकलन भएको थियो ।

जग्गादाताले क्लवको नाममा जग्गा रजिस्टे«शनको कागजात समेत हस्तान्तरण गदैं आफ्नै गाउँको सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा उत्साहित भएको बताएका थिए। ‘यो अवसर पाउँदा निकै उत्साहित छु,‘मैले भविस्यमा पनि सकेको सहयोग गर्छु’ भावुक हुदै गणेशबहादुरले भने । जग्गामा बहुउद्देश्यिय कार्यक्रम सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार बनाउन थप आर्थिक सहयोग जुटाउने जनाइएको थियो । सम्मान कार्यक्रको अध्यक्षता क्लव अध्यक्ष शेर बहादुर पुन, स्वागत सदस्य एवम् बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन केसी र सञ्चालन क्लवका सचिव नेत्रराज सुबेदीले गरेका थिए ।